दर्ता न: ५१०/ ०५६-०५७ | पान नं: ६०९६९६९७७  
आफ्नै पहलबाट खुल्छ आर्थीक पहुंचको निकास सम्मुनत भविष्यको निम्ती संस्था ग्रामीण विकास

भुक्तानी पूँजीबाट भुक्तानी सेवा

विप्रेषण सेवा (मनी ट्रान्सफर)

विद्युत विल भुक्तानी, टेलिफोन विल भुक्तानी, टिकेट बुकिङ्ग सेवा

परिचय

यस गाम्रिण विकास बहुउदेश्यीय सहकारी संस्था लि. सहकारी ऐन २०४८ अनुसार २०५६ साल चैत्र २९ गते दर्ता भएको संस्थाको साविकको उग्रचण्डी गा.वि.स. कार्यक्षेत्र रहेको छ । ग्रामिण क्षेत्रका साना साना पुँजीलाई संकलन गरी बचत गर्ने बानीको विकास गर्दै सहुलियत दरमा कर्जा प्रवाह गर्दै विविध आयमुलक कार्यक्रम लागु गर्दै सदस्यको आय वृद्धि गर्ने उदेश्यका साथ स्थापीत भएको संस्था हो । संस्थाको कार्यालय पूर्ण प्रविधी मैत्री रहि वनेपा न.पा. ३ ठूलो चौरमा रहेको छ । २०५६ सालमा स्थापना भएको संस्था लामो समयसम्म निस्कृय अवस्थामा रहेको थियो । नयाँ सोच र धारणा सहित हाल विद्यमान प्रविधि अवलम्वन गदै बैंकिङ अवधारणा अनुसार संचालन गर्ने साथै यस क्षेत्रको वित्तिय संस्थाको वित्तिय तथा संस्थाको बहुउदेश्यीय क्षेत्रभित्रका सेवा सुविधा पूरा गर्ने योजनावद्ध सोच रहेको छ ।

शेयर पूजी

यस संस्थाको अधिकृत शेयर पुँजी ३ करोड कायम गरिएको छ । सो अधिकृत शेयर पुँजीलाई आर्थिक बर्ष २०८४-०८५ सम्ममा चुक्ता पुँजीमा रुपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

व्यवस्थापन तथा प्रविधि

जवाफदेही तथा दायित्वबोध सहितको कार्य सञ्चालक समिति संस्था विकासमा सल्लाह, सुझाव दिने सल्लाहकार समिति, इमान्दार, कतव्र्यनिष्ठ कर्मचारीको आपसी तालमेल साथै वित्तिय अनुशासन भएका सदस्यहरुको आपसी सहकार्यले नै संस्थाको प्रगति हुनसक्दछ । यहि धारण अनुसार संस्थाको व्यवस्थापन पक्षलाई व्यवस्थित गरिएको छ । आधुनिक प्रविधिसँग आत्मसाथ गर्दै कम्प्युटराईज प्रविधिमा सप्mटवेयरको व्यवस्थागरि लेखा राएिको छ । सदस्यको सुविधाका निम्ती भुक्तानी पुँजीको प्रयोगद्धारा भुक्तानी व्यवस्था मिलाइएको छ । विप्रषण सेवा अर्थात मनी ट्रान्सपर, विद्युत महसुल भुक्तानी, टेलिफोन विल भुक्तानी जस्ता सेवा उपलब्ध गराईनेछ ।

सल्लाहकार समिती

निक्षेप योजना

सदस्यहरुको निक्षेपको सुुरक्षणमा विशेष ध्यान दिदै आकर्षक व्याजदरमा निम्न अनुसारको निक्षेप योजना निर्धारण गरिएको छ ।
चल्ती खाताहरु व्याजदर न्युनतम मौज्दाद
ग्रामीण विशेष बचत १०.०० % ५०००
व्यवसायिक बचत ८.०० % १०००
साधारण बचत ६.०० % १००
कृषक बचत ७.०० % ५००
(दैनिक मौज्दादमा त्रैमासिक व्याज भुक्तानी )

कर्जा तथा सापट योजना

निम्न अनुसारको कर्जा तथा सापट योजना निर्धारण गरिएको छ ।
कर्जा लगानी ब्याजदर
ब्याजमात्र भुक्तानीमा मासिक साँवा ब्याज भुक्तानीमा दैनिक साँवा ब्याज भुक्तानीमा
यवसायिक कर्जा १६.००% १५.००% १४.००%
कृषि कर्जा १६.००% १५.००% १४.००%
शैक्षिक कर्जा १५.००% १४.००%
छोटो अवधि कर्जा १६.००%
मुद्धति रसिद धितो कर्जा थ्प २%, मुद्धति रकमको ९०% सम्म लगानी