यस गाम्रिण विकास बहुउदेश्यीय सहकारी संस्था लि. सहकारी ऐन २०४८ अनुसार २०५६ साल चैत्र २९ गते दर्ता भएको संस्थाको साविकको उग्रचण्डी गा.वि.स. कार्यक्षेत्र रहेको छ । ग्रामिण क्षेत्रका साना साना पुँजीलाई संकलन गरी बचत गर्ने बानीको विकास गर्दै सहुलियत दरमा कर्जा प्रवाह गर्दै विविध आयमुलक कार्यक्रम लागु गर्दै सदस्यको आय वृद्धि गर्ने उदेश्यका साथ स्थापीत भएको संस्था हो । संस्थाको कार्यालय पूर्ण प्रविधी मैत्री रहि वनेपा न.पा. ३ ठूलो चौरमा रहेको छ । २०५६ सालमा स्थापना भएको संस्था लामो समयसम्म निस्कृय अवस्थामा रहेको थियो । नयाँ सोच र धारणा सहित हाल विद्यमान प्रविधि अवलम्वन गदै बैंकिङ अवधारणा अनुसार संचालन गर्ने साथै यस क्षेत्रको वित्तिय संस्थाको वित्तिय तथा संस्थाको बहुउदेश्यीय क्षेत्रभित्रका सेवा सुविधा पूरा गर्ने योजनावद्ध सोच रहेको छ ।
यस संस्थाको अधिकृत शेयर पुँजी ३ करोड कायम गरिएको छ । सो अधिकृत शेयर पुँजीलाई आर्थिक बर्ष २०८४-०८५ सम्ममा चुक्ता पुँजीमा रुपान्तरण गर्ने लक्ष्य लिइएको छ ।
जवाफदेही तथा दायित्वबोध सहितको कार्य सञ्चालक समिति संस्था विकासमा सल्लाह, सुझाव दिने सल्लाहकार समिति, इमान्दार, कतव्र्यनिष्ठ कर्मचारीको आपसी तालमेल साथै वित्तिय अनुशासन भएका सदस्यहरुको आपसी सहकार्यले नै संस्थाको प्रगति हुनसक्दछ । यहि धारण अनुसार संस्थाको व्यवस्थापन पक्षलाई व्यवस्थित गरिएको छ । आधुनिक प्रविधिसँग आत्मसाथ गर्दै कम्प्युटराईज प्रविधिमा सप्mटवेयरको व्यवस्थागरि लेखा राएिको छ । सदस्यको सुविधाका निम्ती भुक्तानी पुँजीको प्रयोगद्धारा भुक्तानी व्यवस्था मिलाइएको छ । विप्रषण सेवा अर्थात मनी ट्रान्सपर, विद्युत महसुल भुक्तानी, टेलिफोन विल भुक्तानी जस्ता सेवा उपलब्ध गराईनेछ ।